अंग्रेजी नयाँ वर्षको दिन नेपाली टोपी दिवस मनाईदै



काठमाडौं, पुस १६, २०७४

‘नेपाली पोषाक लगाउँ राष्ट्रियता जोगाउँ’ भन्ने भावनाले भोलि ( जनवरी १) बिहान ७ बजे माईतीघर मण्डलामा जम्मा भएर पाँचौ टोपी दिवस मनाउने तयारी भएको जानकारी ‘जागरुक युवा अभियान नेपाल’का संस्थापक सचिव तथा अभियन्ता जनार्जन पौडेलले दिनु भएको छ ।

शुरुमा १० जना संस्थापकहरु रामजी बलामी,घनश्याम श्रेष्ठ,जनार्जन पौडेल,शिव धिताल,ज्ञानमणि नेपाल (कालोटोपी), राजेश खत्री, मोहम्मद अजमत अलि जनक कार्की,बसन्त हुमागाइँ रहेको समुहमा अहिले सबैको साथ रहेको छ । पहिलो वर्ष फेसबूक क्याम्पियनबाट शुरु भएको यो दिवस अहिले विश्वभर रहेका नेपालीहरुले विविध कार्यक्रम गरेर मनाउंदै आएका
छन् ।

नाकाबन्दी पछि बढ्दै गएको रास्ट्रिय भावनाको कारण पनि अझ यो दिवशको महत्व नेपालीहरुमाझ बढ्दै गएको संस्थापकहरुको विश्वास   छ ।  दिवसमा सहभागी हुन चाहनेले भोलि बिहान काठमाण्डौको माईतीघरमा बिहान सात बजे पुग्नु पर्ने आयोजकहरुको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्