चीनको अर्को चमत्कार : सोलारजडित राजमार्ग (भिडियोसहित)



काठमाण्डौ, पुस १६, २०७४

विकास सम्बन्धि अनेकौ चमत्कार गर्दै आएको चीनले सोलार जडान भएको राजमार्गको निर्माण गरी प्रयोग समेत गरेको छ । पूर्वी चीनको शानदोङ प्रान्तको राजधानी जीनानमा सोलारयुक्त राजमार्ग बनाएको चाईना इनर्जी पत्रिकाले जनाएको छ । उक्त समाचारलाई मेल डेली अनलाईनले पनि प्रकाशन गरेको छ ।

१.२ किलोमिटर लामो उक्त सोलार राजमार्गमा इलेक्ट्रिक सवारी साधन समेत गुडाउन सकिने जनाईएको छ । सोलार मार्गले जमेको हिउँलाई समेत पगाल्‍ने हुँदा गाडी चलाउन थप सहज हुने बताईएको छ । सोलारबाट उत्पादित बिजुली नजिकको शहरले प्रयोग गर्ने जनाईएको छ ।

सोलार राजमार्गमा झन्डै  २ हजार ८ सय ८० फोटोभेल्टिक प्‍यानल्स जडान गरिएको छ जसले २८० मेगावाट बिजुली उत्पादन हुने अपेक्षा गरिएको छ ।

थप जानकारी  भिडियोबाट :

प्रतिक्रिया दिनुहोस्