याङजी शेर्पाद्वारा बाल अपाङ्ग टेवा संस्थालाई न्यानो जुत्ता तथा खाद्यान्न सहयोग



काठमाडौँ, १४ पुस : विगत लामो समयदेखि इजरायलमा बसोवास गर्दैै आएका सोलुखुम्बु निवासी याङजी शेर्पाले बाल अपाङ्ग टेवा संस्थाका बालबालिकाहरुलाई जाडो महिनाको लागि न्यानो जुत्ता तथा खाद्यान्न उपलब्ध गराएकि छिन् ।

अपरिचित भएपनि फेसवुक मार्फत संस्थाका अध्यक्ष सँग चिनजान भई केहि दिनको छुट्टीमा नेपाल आएको मौका पारेर संस्थालाई सहयोग गरेकि हुन् । यसअघि इजरायल शेर्पा संघले  टेवा संस्था निर्माणाधिन अवधिमा संस्थामा रहेका अपाङ्ग बालबालिकाहरुलाई जाडोमा नुहाउन सोलार व्यवस्थापनको लागि रु १,५०,००० ।– सहयोग गरेका थिए । यसपाली भने उनीहरुले आधिकारिक रुपमा अध्यक्ष तथा बालबालिकाहरु सँग भेटघाट गरी संस्था सँग परिचय गर्ने अवसर पाउदा निकै खुशी व्यक्त गरेका थिए ।

प्रवासमा रहेर आफ्नो परिवार तथा आफु स्वयम् संघर्ष गरिरहेको अवस्थामा बालबालिकाहरुलाई प्राथमकितामा राखी सहयोेग गर्नु सामाजिक  परिवर्तनको लागि गतिलो उदाहरण मान्न सकिन्छ । यसरी अरुलाई सहयोग गर्ने भावना हुनु नै मानवियता हो भन्ने सन्देशका साथ संस्थाको तर्फबाट डेन्डी शेर्पाले देश तथा विदेशमा बस्नुहुने सम्पुर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्