लेखनाथ पौड्यालको जन्म जयन्तीमा विविध कार्यक्रम



पोखरा, १३ पुस (रासस) : कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औँ जन्म जयन्तीको  त्रिद्विवसीय कार्यक्रम आजदेखि यहाँ शुरु भएको छ ।

लेखनाथ जयन्तीको पहिलो दिन आज पोखरा–लेखनाथ महानगरपालिका–२६ स्थित अघौंचोकमा रहेको पौड्यालको प्रतिमामा सरसफाइ र रङ्गरोगन गरिएको छ ।

उक्त कार्यक्रममा लेखनाथ जयन्ती मूल समारोह समितिका सदस्य, बहिरा माध्यमिक विद्यालयका छात्रछात्रा र स्थानीयवासीको सहभागिता रहेको थियो ।

सो उपलक्ष्यमा भोलि कवि शिरोमणिको योगदानसम्बन्धी कवितावाचन, पुस १५ गते उहाँको जन्मस्थल लेखनाथको अर्घौं अर्चलेमा मूल समारोह गरिनेछ । मूल समारोह कार्यक्रममा लेखनाथ साहित्य पुरस्कार, लेखनाथ पत्रकारिता  पुरस्कार र छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्