विराटनगर फाइनलमा



काठमाडौँ, १२ पुस  : विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङ गरेको भैरहवाले विराटनगरलाई १२८ रनको लक्ष्य दिएको थियो । जवाफमा विराटनगरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रन बनाए । उनले ४४ बल खेल्दै पाँच छक्का र चार चौका प्रहार गरे । कप्तान पारस खड्काले अविजित ४१ रन तथा अंशुमान राथले अविजित २६ रन बनाए ।

बलिङतर्फ भैरहवाका पुनित मेहरा र हरिशंकर शाहले एक/एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै भैरहवाले २० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १२७ रन बनायो । उसका लागि पुनित मेहराले ४९ तथा आरिफ शेखले ४६ रन बनाए ।

बलिङतर्फ विराटनगरका शहान आदिसा आपुहामी र करन केसीले दुई/दुई विकेट लिए भने पारस खड्का, अविनाश कर्ण र वसन्त रेग्मीले एक/एक विकेट लिए । विराटनगरका बाबर हायत खेलको म्यान अफ दि म्याच घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्