पोखरामा १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने



पोखरा, १२ पुस (रासस) : राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुष टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद, महिला सशक्तीकरणका लागि ह्याण्डबल’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु ३० हजार, रु २० हजार र  रु १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

सो प्रतियोगिताबाट सन् २०१९ मा  नेपालमा आयोजना हुने १३औँ साग खेलका लागि उत्कृष्ट खेलाडी छनोट गरिने  अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्