रुओन नेपालद्वारा सिन्धुलीमा यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न



२०७४ पौष २

प्रयास होटल रातमाटा, सिन्धुलीमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रमको  उद्देश्य यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अवस्था, संचालित कार्यक्रम र सरोकारवाला निकायहरु सँग सहकार्य गर्दै अघि बढ्ने कुरा सम्झना पहाडीले जानकारी दिनुभएको  हो ।

उक्त कार्यक्रममा सिन्धुली जिल्ला समन्वय समितिका अध्यक्ष, नगर उप–प्रमुख, जिल्ला शिक्षा अधिकारी, वडाका जनप्रतिनिधि, जिल्ला स्वास्थ्य, जनस्वास्थ्य, महिला तथा बालकल्याण समितिका प्रतिनिधिहरु, विद्यालयका शिक्षक तथा विद्यार्थी प्रतिनिधि, स्थानिय युवा, सञ्चारकर्मी आदिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा RHRN सदस्य संस्थाहरुवाट YUWA, FSGMN, YOUTH ACTION को पनि सहयोग रहेको थियो । सो कार्यक्रम  स्थानिय निकायहरु सँग सुरक्षित गर्भ पतन, सघन यौनिकता शिक्षा, युवा मैत्रि, लान्छाना रहित तथा बैवाहिक समानता सम्बन्धित विषयमा अन्तरक्रिया भएको थियो । युवा तथा महिलाले भोग्दै आएका समस्या, समाज, परिवारले लाउने लान्छना, सुचना तथा साधनको कम पहुच र जनचेतनाको कमी आदिको बारेमा सम्बन्धित निकायहरुसँग उक्त बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्