भुजेल जातिको मौलिक पर्व “भुजेली पर्व” युएईमा मनाईयो



सुर्य खवास, युएई, २०७४ पुस ७

प्रवासी भुजेल समाज सेवा समिती युएईले नेपाल आदिवासि  जनजाती महासंघ युएई का संरक्षक एवं   निवर्तमान अध्यक्ष डेरराज गुरुङको प्रमुख आतिथ्यमा भुजेलहरुको आफ्नो मौलिक  पर्व “भुजेली पर्व”आज दुवइ स्थित जाविल पार्कमा बनभोज कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
राष्ट्रीय गान बाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै गुरुङ्ले आफ्नो भाषा, संस्कृती, संस्कार, धर्म, इतिहस र थातथलो भनेको हाम्रो पहिचान हो यसलाई बचाई राख्नु हाम्रो दायित्व भएको बताउनु हुँदै यदि हामिले बचाउन नसक्ने हो भने भविष्यमा  भुमिपुत्र आदिवासी जनजाती आफ्नै भुमिमा शरणार्थी बन्नु पर्ने अवस्था नआउला भन्न सकिन्न त्यसैले आफ्नो पहिचान बचाई राखी भाबी पुस्तालाई हस्तान्तरण गर्दै जानू पर्नेमा जोड दिनु भयो ।

समाजका अध्यक्ष सुर्य बहादुर भुजेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा सामाजका  द्वितीय उपाध्यक्ष तुल बहादुर घर्तीले  स्वागत मन्तब्य, सल्लाहकार महेश भुजेलले भुजेली पर्वको बारेमा प्रकाश पार्नु भएको थियो । संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासले प्रवासमा समाजको  आवस्यकता, औचित्य, खेल्नु पर्ने भुमिका र स्थापनाकाल देखि वर्तमान अवस्था सम्म आईपुग्दा समाजले गरेका कार्यहरुको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रम समाजका महासचिव मीन बहादुर भुजेलले संचालन गर्नु भएको थियो । सोही अवसरमा सस्थाका ४४ जना सदस्यलाई समाजको सदस्यता पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा समाजकी कार्यसमिती सदस्य उर्मिला भुजेलको ममतामयी आमाको असामहिक निधनले परिवारमा पर्न गएको दु:ख प्रती समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको  थियो ।

प्रतिक्रिया दिनुहोस्