संसारकै धनी बने जेफ बेजोस !



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-११

एजेन्सी: संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्‍वकै धनी व्‍यक्ति बनेका छन्।अमेरिकी आइटी अनलाइन ब्लुमबर्गले गरेको सर्वेक्षणमा सिइओ बेजोसको कम्पनी अमेजनले शुक्रबार मात्रै १३ प्रतिशत कमाएपछि उनी विश्‍वकै धनी व्‍यक्तिमा सूचीकृत भएका हुन्। योसँगै यसअघि विश्‍वकै धनी व्यक्तिमा सूचीकृत माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई नम्बरमा पुगेका छन्। शुक्रबार अमेजनले ७ अर्ब डलरको कारोबार गरेको थियो जसका कारण उसको सेयर मूल्‍य १ हजार ५७ डलर पुगेको थियो।

अब बेजोसको सम्‍पत्ति ९३ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ। यता, बिल गेट्सको कुल सम्पत्ति ८८ अर्ब ७ करोड अमेरिकी डलर रहेको छ। बेजोस गत जुलाइमा एक दिन बिल गेट्सलाई पछी पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । बेजोसको यस बर्षमात्र १० अर्ब २० करोड डलर सम्पत्ती थपिएको छ।

यस्तै वारेन्ट बफेट विश्‍वको तेस्रो धनी व्‍यक्तिको सूचीमा परेका छन्। उसको कुल सम्‍पत्ति ८१ अर्ब अमेरिकी डलर रहेको छ भने चौथो नम्बरमा परेका अमानसियो ओर्टेगाको कुल सम्पत्ति ७७ अर्ब २ करोड अमेरिकी डलर रहेको छ। यस्तै फेसबुकका सीइओ मार्क जुकरवर्ग पाँचौ नम्बरमा छन्। जुकरवर्गको कुल सम्पत्ति ७५ अर्ब ४ करोड अमेरिकी डलर रहेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्