न्वागी मेलामा करिब एक करोडको कारोबार



परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-०३

गुल्मी:  गुल्मी र बाग्लुङअन्तर्गत पौदीवासीले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा आर्थिक कारोबार राम्रो भएको छ ।

दुई जिल्लाको संगमस्थल ग्वालिचौर खारबजारमा सञ्चालन भएको पाँचदिने मेला अवधिभरमा भण्डै १५० वटा स्टलमा सञ्चालन गरिएका व्यापार–व्यवसायमार्फत व्यापारीले मेलामा विभिन्न सरसामानअन्तर्गत जाडोयामका न्यानो कपडा, फलफूलअन्तर्गत सुन्तला, स्याउ, कृषि उपज र बढी मात्रामा होटल व्यवसाय तथा रमाइलो मेला समेतबाट मेला अवधिभर करिब रु एक करोडको आर्थिक कारोवार भएको पौदी न्वागी मेला समिति गुल्मी बाग्लुङका कोषाध्यक्ष प्रदीप खरेलले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा न्वागी मेलामा कारोबार राम्रो हुने भएपछि मेलालाई मध्यनजर गर्दै विभिन्न जिल्लाबाट व्यापारी आ–आफ्नो व्यापार लिएर न्वागी मेलामा आउने गर्दछन् । लामो समयसम्म मेला सञ्चालन हुनाले न्वागी मेला धार्मिक पर्वका साथै एउटा व्यापार बृद्धिको केन्द्रका रूपमा विकसित हुँदै गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्