बक्स अफिसमा धमाका मचाउँदै आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-०६

एजेन्सी 
जायरा वसीम र आमिर खान स्टारर फिल्म ‘सेक्रेट सुपरस्टार’ रिलिज भइसकेको छ । फिल्मलाई लिएर आमिर का दर्शक प्रतीक्षामा थिए । फिल्म समीक्षकले पनि चलचित्रको तारिफ गरिरहेका छन् ।

फिल्मले बलिउड बक्स अफिसमा बिहीवार मात्रै लभभग सात करोडको व्यापार गरेको छ । यसको कारण दिवालीलाई पनि मान्न सकिन्छ । कसैले त यसलाई पोजेटिभ म्यासेजको फाइदाका रूपमा पनि लिएका छन् । फिल्मले अरु दिन पनि शानदार कमाउँछ भन्ने अड्कल गरिएको छ ।

फिल्म मल्टिप्लेक्स हलमा अझै हिट भएको छ । फिल्मले असी करोडसम्म कमाउने आँकडा पनि निकालेका छन् तर आमिरका धेरै चलचित्रको एक सय करोड कमाएका नै हुन्छन् ।

अहिले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । जसले गर्दा पनि फिल्मले पहिलो हप्ता नै राम्रो कमाइ गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्