जयन्तेले सहयोग दिएर मनाए छोराको जन्मदिन



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-०८

चर्चित हाँस्य कलाकार गोविन्द कोईराला ‘जयन्ते’ ले छोरा समियोग कोइरालाको पहिलो जन्मदिनको अवसर पारेर श्रीमती मनिता घिमिरे साथसाथ धुर्मुस सुन्तली फाउण्डेशनलाई नगद बिस हजार (रु. २०,०००) सहयोग गरेका छन् ।

उनले दिएको सहयोग चन्द्रनिगाहपुर-८ मा निर्माणाधीन चौथो “एकीकृत नमुना सन्तपुर बस्ती” निर्माणको लागि खर्च गरिने फाउण्डेशनले जनाएको छ ।

सहयोग गरेपछि जयन्तेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्,

“पुननिर्माणमा थोरै भएपनि राहात होस् भनेर हामीले छोरोको जन्मदिन मनाउने रकम सदुपयोग गरेर सहयोग गरेका हौ ।नयाँ नेपाल बनाउन तपाईं हामी सबैको साथ र सहयोग आवश्यक छ ।”

सहयोग प्राप्त गरेपछि धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो फेसबुक मार्फत कुन्जना घिमिरे ‘सुन्तली’ ले सहयोग लिदै गरेको फोटो राखेर यो स्टाटस राखेको छ ।

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि नेपाली हाँस्यब्याङ्ग्य क्षेत्रका चर्चित हाँस्य कलाकार तथा भद्रगोलका ‘जयन्ते’ पात्रमार्फत चिनिनुभएका गोविन्द कोईराला र उहाँकी श्रीमती मनिता घिमिरेले उहाँहरुको छोरा समियोग कोईरालाको पहिलो जन्मदिनको अवसर पारी २० हजार रुपैया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस सहयोग प्रति र यस अभियानमा जोडिनुभएकोमा गोविन्द कोईराला र मनिता घिमिरेलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं । साथै उहाँहरुको छोरा समियोग कोईरालालाई हाम्रो तर्फवाट पनि जन्मदिनको लाखौं लाख शुभकामना ब्यक्त गर्दछौं ।

सामाजिक रुपान्तरणको अभियानमा गोविन्द कोईराला परिवार जस्तै हामीले पनि केहि सहयोग गर्ने हो भने परिवर्तन हाम्रै पालामा हुने थियो कि ?


प्रतिक्रिया दिनुहोस्