बु.न.पा. ११ मा बामगठबन्धनको  घरदैलो कार्यक्रम सम्पन्न



रेणुका पराजुली २०७४-०७-३०

आउँदो  मंसिर २१ गते हुन गईरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका कारण देशैभरि चुनावी माहोल तातिरहेको

छ । उम्मेद्वारहरु भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त छन् । घरदैलो कार्यक्रमका क्रममा काठमाडौं क्षेत्र नं.४ का बामपन्थी उम्मेदवारहरु प्रतिनिधि सभा उम्मेद्वार डा.राजन भट्टराई, प्रदेश सभा ‘ख’ उम्मेद्वार कुसुमकुमार कार्की र समानुपातिक उम्मेद्वार अम्बर बि.क. को टोली बु.न.पा.११ का विभिन्न टोलहरुमा  घरदैलो गर्दै  पुगेको थियो । घरदैलोका क्रममा स्थानियहरुद्वारा बामगठबन्धनको जीत सुनिश्चित रहेको भन्दै खुशीसाथ घरदैलोमा  सहभागी भैरहेका थिए ।

अभियानका क्रममा धेरै वृद्ध बुवा आमाहरुले ‘पहिलेका भ्रष्टचारी र कालो बजारीलाई रोकेर नयाँ निति ल्याउन जोड गर्नु भनि’ आशिर्वाद पनि दिनु भएको थियो ।

कार्यक्रममा युवा नेता डा.राजन भट्टराईले यस वडामा अहिले सम्मकै बढी महिलाको सहभागिता रहेको भन्दै खुशी व्यक्त गरेका थिए ।

घरदैलो कार्यक्रम बिहान ७ बजे कपन ह्यान्डबल चौरबाट सुरु भई लसुनटार,कपनटार,अधिकारी चोक,कृष्ण मन्दिर,राम मन्दिर,प्रगतिचोक र पैंयुटार हुँदै कपन भिलेज रिसोर्टमा पुगेर टुङ्गिएको थियो ।

तस्विर : मेघराज पहाडी

प्रतिक्रिया दिनुहोस्