क्षेत्र नं. ४ बुनपा वडा नं. १२ को घरदैलो कार्यक्रम (फोटो फिचर)



मेघराज पहाडी २०७४-०८-०५

काठमाडौँ क्षेत्र नं. ४ कपन बुनपा वडा नं. १२ को विहानी घरदैलो कार्यक्रममा बामगठबन्धन प्रतिनिधि सभा उम्मेदवार डा. राजन भट्टराई, प्रदेशसभा २ का उम्मेदवार कुशुम कुमार कार्की र बामगठवन्धन निर्वाचन परीचालन कमिटी सह–कमान्डर सुन्दर पुर्कुर्टी लगायत समानुपातीक उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम विहान ७ बजे कपन मिलनचोक तरकारी वजारबाट शुरु भई राधाकृष्ण/बालकुमारी टोल, घटराज/पुष्पलाल चोक, नवदुर्गा मन्दिर हुदै त्रिज्योती टोल सम्म पुगेको थियो भने बुनपा वडा नं. १२ का केही स्थानहरुमा घरदैलो कार्यक्रम साँझसम्म जारी रहने कुरा प्रचार–प्रसार समितीका संयोजक ध्रुवराज न्यौपानेले बताउनुभएको छ । उक्त टोलीमा बामगठबन्धनका अगुुवा कार्यकर्ता, जनप्रतिनिधी हरुको उपस्थित रहेको थियो ।

स्थानीयहरुले हाम्रालाई हैन राम्रालाई जिताउने प्रतिबद्धता गरेका छन् ।

कपनमा मुख्य रुपमा रहेको बाटो र खानेपानी समस्या निराकरणको लागि वडाध्यक्ष तथा सदस्यहरुलाई निर्देशन दिईसकेको र अन्य समस्या समाधानको लागि पनि स्थानियहरुसँग उम्मेद्वारहरुले  प्रतिबद्धता ब्यक्त गरेका छन् ।

“आमा–बुवा दाजुभाई भोट हालौ सुर्यलाई” भन्ने गीतमा महिला, वालवालीका, युवा/युवती र ज्येष्ठ नागरीकले नाँचगाँनगरी उम्मेदवारहरुलाई घरदैलो कार्यक्रममा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्