NAGALAND MOUNTAIN BIKE FESTIVAL-2017 मा नेपाली सेनाका खेलाडीहरु बिजयी 



परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-२२

हिजो मिति २०७४ मंसिर २१ गते मित्रराष्ट्र भारतको नागाल्याण्डमा सम्पन्न ‘NAGALAND MOUNTAIN BIKE FESTIVAL-2017’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले क्रसकन्ट्री २५ कि.मि. साईक्लिङ प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो तिन वटै स्थान हासिल गर्न सफल भएका छन् ।

उक्त साईक्लिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा प्रथम, ओकेश बज्राचार्य द्धितिय र दिपक भण्डारी तृतिय भएका थिए । सो प्रतियोगितामा नेपाल, भारत तथा भुटानका गरी जम्मा ७५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्