विजयको नजिक कुसुमकुमार कार्की



परिवर्तन खबर, काठमाण्डौ  २०७४-०८-२३

काठमाडौं क्षेत्र नंं. ४ र ४ (१) मा पराजित भएको नेकपा एमाले, क्षेत्र न ४ (२) का उम्मेदवार कुसुमकुमार कार्की फराकिलो मतान्तरले विजयोन्मुख देखिएका छन् ।

मतगणना भएका ९,१०,११ र १२ को  प्राप्त मतअनुसार एमालेका कुसुमकुमार कार्कीले ७६४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दीले ५३४८ मत प्राप्त गरेका छन् । यही अनुपातमा मत प्राप्त गर्ने हो भने फराकिलो मतान्तरले कुसुम कुमार कार्कीको जीत सुनिश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्