नवलपरासी पश्चिममा बाम गठबन्धनको विजय सुरुवात



रबिन्द्र यादव २०७४-०८-२४

नवलपरासीको बर्दघाट सुस्ता पश्चिम बाट बाम गठबन्धनले विजय सुरुवात गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ को (ख) प्रदेश सभा उम्मेदवार अजय बहादुर शाहीले नेपाली काङ्ग्रेसका उम्मेदवार मुकुल अचार्य लाई फराकिलो मतले पराजित गरेका हुन । बाम गठबन्धन उम्मेदवार शाहीले १९३३३ मत ल्याएर विजयी भएका हुन भने नेपाली काङ्ग्रेसका उम्मेदवार अचार्यले १२६०३ मत ल्याएर पराजित हुनु भएको हो । शाही दुई चोटि संविधानसभाको निर्वाचनमा पराजित समेत भएका थिए भने अचार्यको पहिलोपटक उम्मेदवारी थियो ।नवलपरासीमा तेस्रो दिनको मतगणना जारी छ र अहिलेसम्मको नतिजामा बाम गठबन्धका उम्मेदवार अगाडि छन भने दुई ठाउँमा नेपाली काङ्ग्रेस अगाडि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्