अर्घाखाँचीमा बाम गठबन्धनको क्लिन स्विप



मधुसुधन पाण्डे, परिवर्तन खवर २०७४-०८-२६

अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नम्बर १, २ मा वाम गठबन्धनले ‘क्लिन स्वीप’ गर्न सफल भएको छ । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी र (नेकपा एमाले)बाट क्रमश प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य र क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी भएका छन् । टोप बहादुर रायमाझी(बिजयी प्रतिनिधि सभा) टोप बहादुर रायमाझीले कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका हुन् । गणना अनुसार वाम गठबन्धनका उम्मेदवार रायमाझीले ५०८३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका छन् । चेतनारायण आचार्य(विजयी प्रदेश सभा १) यस्तै क्षेत्र नम्बर १ मा चेतनारायण आचार्यले नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद खनाललाई १०,६१४ मन्तारले जितेका हुन् । आचार्यले २४,७५१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खनालले १४,१३७ मत पाएका छन् । रामजी प्रसाद घिमिरे (विजयी प्रदेश सभा २) साथै क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार हिम्मत बहादुर टण्डनलाई ८,९२६ मन्तारले जितेका हुन् । घिमिरेले २६,१५९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टण्डनले १७,२३३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्