मित्रराष्ट्र म्यानमारका Commander-in-Chief of Defense Services Senior General Min Aung Hlaing द्वारा नेपाल भ्रमण



परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-२६

मित्रराष्ट्र म्यानमारका Commander-in-Chief of Defense Services Senior General Min Aung Hlaing मिति २०७४ मंसिर २४ गतेदेखि ऐ. २७ गतेसम्म ४ (चार) दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७४ मंसिर २४ गते काठमाडौं आईपुग्नु भएको छ ।

Senior General Min Aung Hlaing लाई बलाध्यक्ष रथी श्री हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

उहाँले आज नै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नु भएको थियो भने उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथैउहाँले प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नु भएको थियो । भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

उक्त भेटवार्ता पश्चात छुट्टै कार्यक्रममा उहाँलाई सशस्त्र द्वन्द्व पश्चात् तत्कालिन लडाकुहरुको नेपाली सेनामा भएको सफल समायोजन सहितको शान्ति प्रक्रियानेपाली सेनाद्वारा भूकम्पको समयमा पुर्याएको योगदान तथा यसबाट सिकिएको पाठहरु र नेपाली सेनाले संयुक्त राष्ट्र संघको आव्हानमा विश्व शान्ति स्थापना कार्यमा पुर्याएको योगदान एवं सो को अनुभव सम्बन्धी विषयहरुमा जानकारी समेत गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्