बुद्धको जन्मस्थल लुम्बिनी : ओलीको विरोध, लामाको स्पष्टिकरण (भिडियो सहित)



परिवर्तन खबर, काठमाडौँ

काठमाडौँ,  ११ मंसिर : एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । उक्त अभिब्यक्तिप्रति पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलाई लामाको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।

उनले गौतम बुद्ध भारतमा जन्मको भनेर बोल्नै नहुने करा भएको भन्दै लामाको त्यस्तो अभिव्यक्तिले नेपाल र नेपालीको राष्ट्रियतामा आँच पुगेको र दलाई लामाको त्यस्तो भनाईमा अन्तराष्ट्रिय षड्यन्त्र रहेको दावी गरे । नेपालीले दलाई लामामाथि लगाएको गुन विर्सेर विवादास्पद अभिब्यक्ति दिएकोप्रति ओलीले भत्र्सना गरेका छन् ।

चौतर्फी विरोधपछि तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिब्यक्तिप्रति स्पष्टिकरण दिएका छन् । निवार्सनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रष्ट पारेका हुन ।

दलाई लामा १९५९ यता भारतको धर्मशालामा निर्वासित जीवन विताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्