सिन्धुली बहुमुखी क्याम्पसमा साँस्कृतिक कार्यक्रम सम्पन्न



सिन्धुली : सिन्धुली बहुमुखी क्याम्पस ढुङ्ग्रेबास, सिन्धुलीमा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा रहेका विभिन्न क्याम्पसहरुमा एक उत्कृष्ट सिन्धुली बहुमुखी क्याम्पसमा २०७४ मंसिर १३ मा वृहत सांस्कृतिक कार्यक्रम भव्यसव्य रुपमा सफल भएको थियो । विद्यार्थीहरुमा रहेका विभिन्न किसिमका प्रतिभाहरु प्रस्फुटन गराउने उद्देश्यले साहित्य तथा सांस्कृतिक मञ्चले सो कार्यक्रम आयोजना गरेको कुरा गोपाल पहाडीले जानकारी दिएका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका साहित्यप्रेमी अर्जुन पौडेल, अतिथिहरुमा सिन्धुली क्याम्पसका गुरुवर्गहरु र विद्यार्थी प्रतिनिधिहरु रहेका थिए । साहित्य क्षेत्रमा अगाडि बढाउनको निम्ति कार्यक्रम आयोजना गरिएको थियो र कार्यक्रममा विभिन्न गजल, कविता, गीत र नृत्य जस्ता प्रतिभाहरु विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रम सञ्चालन गर्नको लागि आर्थिक सहयोग सदिक्षा पुस्तक भण्डारले गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्