अक्वा वर्ल्ड पानीका संचालक श्री श्रीकुमार श्रेष्ठ टाटायोद्धाबाट सम्मानित



परिवर्तन खबर, काठमाडौँ

विभिन्न क्षेत्रमा उत्कृष्ठता हासिल गरेका कम्पनीहरुलाई उत्कृष्ठ कम्पनीको रुपमा पुरस्कृत गरिने टाटा योद्दाबाट नेपालको पानी उत्पादक कम्पनी अक्वा वर्ल्डका संचालक युवा उद्द्योगी कुमार श्रेष्ठलाई सम्मानित गरेको  छ । विभिन्न उत्पादनमा छनोट भएका सात उत्कृष्ठ कम्पनीहरु मध्ये टाटामोटर्स नेपालले श्रेष्ठलाई दोश्रो योद्दाको रुपमा सम्मान गरेको हो । राजधानीको सोल्टी होटलमा हालै आयोजित एक विशेष कार्यक्रममा आक्वा वर्ल्ड का सञ्चालकलाई टाटा योद्धाको रुपमा पुरस्कृत गरिएको हो ।

नेपालभरिका पानी उत्पादक कम्पनीमध्ये श्री श्रीकुमार श्रेष्ठद्वारा सञ्चालित अक्वा वर्ल्ड उत्कृष्ठ कम्पनीको रुपमा छानिएको थियो । उक्त कम्पनीका सञ्चालक श्रेष्ठ टाटा योद्धा सम्मानबाट सम्मानित भएपछि उनको संघर्षपूर्ण जीवन कहानीमा आधारित डकुमेन्ट्री समेत निर्माण गरी टाटा मोटर्स नेपालले विभिन्न सञ्चार माध्यमबाट प्रसारण गरीरहेको छ ।

भिडियो लिङ्कः

केही हप्ताअघि कपन क्षेत्रमा प्रयोग हुने पानीको गुणस्तरमा कमी पाइएपछि स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा परिवर्तन खबर समूहले कपन र जोरपाटीमा संचालन भएका पानी उद्योगहरु स्थलगत अवलोकन गर्दा उक्त कम्पनी पानी उत्पादन, प्याकिङ्ग र वितरण प्रणालीमा उत्कृष्ट पाइएको थियो ।

अत्याधुनिक पानी प्रशोधन प्रविधिबाट उत्पादन हुने उनको कम्पनीका उत्पादनहरु जोरपाटी, बौद्ध, कपन, चावहिल लगायत  देशका  विभिन्न स्थानहरुमा बिक्रीवितरण हुँदै आएको उनले बताएका थिए ।
पानी उत्पादक कम्पनीका संचालकहरु, थोक तथा खुद्रा बिक्रेताहरु र ग्राहकहरुमा शुद्ध पानीसम्बन्धी उचित ज्ञानको कमी र मूल्यलाई विशेष ख्याल गर्ने, गुणस्तरमा खासै चासो नदिने उपभोक्ताहरुको स्वभावका कारण उक्त कम्पनीका उत्कृष्ट उत्पादनहरुले उचित बजार नपाएको उनले बताएका थिए ।

परिवारको आर्थिक समस्याले इन्जीनियरिङ्ग पूरा गर्न नसकेका श्री श्रीकुमार श्रेष्ठ अहिले काठमाडौंका पानी उत्पादक कम्पनीमध्ये उत्कृष्ट अक्वा वर्ल्ड पिउने पानी उत्पादक कम्पनीका प्रबन्धकका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्