सम्बन्ध जोडिन्छ त केबल धनसंग जोडिन्छ



परिवर्तन खबर, काठमाडौँ

सम्बन्ध जोडिन्छ त केवल धनसँग जोडिन्छ
नत निश्चल निर्मल प्यार गर्ने मनसँग जोडिन्छ
जुन व्यक्तिलाई  मन्दिर पस्न निषेध गरिएकोछ
त्यही मन्दिरहरु उसैको आरनसँग जोडिन्छ
हिजो पुर्खाले देशको खातिर दिएको योगदान
आज मात्र चुट्किला अनि कथनसँग जोडिन्छ
त्यतिबेला समानता हुनेछ वर्गीय द्वन्द्व हट्नेछ 
जतिबेला झुपडीहरु पनि भवनसंग जोडिन्छ 
तबसम्म हाम्रो देशले बिल्कुल परिवर्तन पाउदैन
जबसम्म कामहरु केवल भासणसँग जोडिन्छ

प्रतिक्रिया दिनुहोस्