प्रवासबाट बाम एकताको सन्देश



परिवर्तन खबर

युएई, नेकपा एमाले को प्रवास संगठन प्रवासि नेपाली मञ्च युएई र माओवादी केन्द्रको जनप्रगतिशिल मञ्च युएई बिच बाम एकतालाई स्वागत र समर्थन गर्दै संयुक्त प्रेश विज्ञप्ति जारी गरेका छन ।

शुक्रबार दुबईको एक होटेलमा दुवै संगठनले संयुक्त भेला आयोजना गरि नेपालमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी बिच भएको गठबन्धन र पार्टी एकीकरण को चरणलाई थप मजबुत बनाउदै अगाडी बढ्ने र संयुक्त प्रचार अभियान सञ्चालन गर्ने निर्णय भएको प्रवासी नेपाली मञ्चका महासचिव भेषराज ढकालले बताउनु भयो । चुनाव लक्षित कार्यक्रम हरु लाई संयुक्तरूपमा सञ्चालन गर्दै जाने र आक्रमक प्रचार अभियान सञ्चालन गर्न दुबै संगठन एकमत भएका छन । सबै बामपंथी मिलेर गए अबको निर्वाचनमा दुइतिहाई मत सहित बाम गठबन्धन विजयी हुने र समृद्धि, समुन्नत सहित स्थिर सरकार बन्ने कुरामा विश्वस्त रहेको जनप्रगतिशिल मञ्चका नेता अनिस तामाङ ले बताउनु भयो ।

संयुक्तरूपमा जारी विज्ञप्तिमा प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कडेल र जनप्रगतिशिल मञ्चका तर्फबाट कार्यवाहक अध्यक्ष बाबुराम विश्वकर्मा ले हस्ताक्षर गरि सार्वजनिक गरिएको छ ।

युएईमा रहेका बाम गठबन्धन सम्बद्ध संगठनका नेता कार्यकर्ता हरुले सामाजिक सञ्जाल मार्फत संयुक्त प्रचार अभियानलाई तिब्र पारिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्