उता हिरा हार रैछ म गुलाफ लिएर आए …



सिन्धुली
उता हिरा हार रैछ म गुलाफ उपहार लिएर आए
तिमी रुप  लिएर आइछौ  म विचार लिएर आए
बोक्सीको  आरोपमा  बिचरीले सजाय भोग्दैथिन
मैले मात्र तस्बिर खिचें एउटा समाचार लिएर आए
खै के हुने होला नाफा घाटा खेल भएको स्थानमा
मारिन्छ वा बाच्दछ  कुन्नी समझदार लिएर आए
काटामार हुदैछ  युद्ध चलिरहेछ बम अनि बारुदको
तर म कलम सिउरिएर आए बिना धार लिएर आए
पैसा बगाएछौ किनकी दुनियाँ पैसामै बिक्ने गर्दछ
रत उता सम्मान भएछ यता तिरस्कार लिएर आए

प्रतिक्रिया दिनुहोस्