युएईमा प्रवासीको देउसी भैलो



काठमाडौँ :

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले युएईका विभिन्न क्षेत्रमा देउसी भैलो खेलेर तिहार मनाएका छन ।

नेपाली हरुको सांस्कृतिक पर्वमा आपसी भाइचारा बढाउदै परम्परालाई निरंतरता दिने उद्देश्यले देउसी भैलो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा मञ्चका राष्ट्रिय कमिटी सदस्य शिवजंग गुरुङ ले जानकारी दिनुभयो । युएईका आवुधावी, दुबई, सारजाह लागयतका राज्यहरुमा राज्य कमिटीको तहबाट कार्यक्रम आयोजना गरिएको थियो र उल्लेख्य मात्रामा प्रवासी नेपालीहरुको उपस्तिथि रहेको थियो ।

युएईमा नेपाली कामदार संगै नेपाली व्यवसायीहरुको दिनानुदिन वृद्धि भए संगै विभिन्न कार्यक्रमहरु पनि मनाउने, रमाइलो गर्ने क्रम बढेको छ ।
प्रवासि नेपाली मञ्चले विगतमा पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यस्ता कार्यक्रमबाट संकलित रकमले युएइमा समस्यामा परेका, अलपत्र परेका, बिरामी भएर उपचारमा समस्या भएकाहरुलाई सहयोग पुर्याउदै आएको मञ्चका अबुधाबी राज्य कमिटी अध्यक्ष पुष्कर शर्माले बताउनुभयो । युएई प्रवासी नेपाली मञ्च सक्रिय र विपतमा सहयोगको लागि जहिल्यै पनि एक कदम अगाडी नै रहेको र आगामी दिनमा पनि सबैको सहयोग रहेसम्म यस्ता मानवीय कार्य लाई थप सक्रियता सहित निरन्तरता दिइने कुरा मञ्च राष्ट्रिय कमिटी महासचिव भेषराज ढकालले हामिलाइ बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्