एनआरएनएको अध्यक्षमा भवन भट्ट भारी मतान्तरले विजयी !



परिवर्तन खबर, काठमाडौँ

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ८ औ विश्व सम्मेलनले भवन भट्ट (११९७)को समुहलाई सानदार बिजयी बनाएको छ । साथै खर्बपतिको सुचिमा रहेकी जमुना गुरुङ (५८४) लाई निकै मतान्तरले पराजय गराएको छ ।

अति धेरै आर्थिक चलखेल भएको ८ औँ सम्मेलनमा कमजोर धरातल भएकी जमुनाले कति मतान्तरले भवन भट्ट सँग हार्ने हुन् भन्ने अनुमान प्रतिनिधिहरुले मतदान शुरु हुनु भन्दा अघि नै गरेका थिए । परिणाम पछि फराकिलो अन्तरमा हारेकी जमुनाले  प्राप्त मत देखेर धनि र बौद्धिक घले किन चुके भन्नेमा आम प्रतिनिधिहरुको आशंका देखिएको छ ।

जमुनाका पति निबर्तमान अध्यक्ष षेस घलेले आफ्नो दोश्रो कार्यकालमा राम्रो काम नगर्नु, जातिवादी नारा उठाएर एनआरएन आन्दोलनलाई कमजोर बनाउने प्रयास गर्नु, अनुमान नै नगरिएकी आफ्नी श्रीमतीलाई उम्मेदवार उठाई सिंगो आन्दोललाई पारिवारिक घेरामा ल्याउने प्रयास गर्नु, स्थापना काल देखि क्रियाशील अति लोकप्रिय तथा २ कार्यकाल उपाध्यक्ष भै सकेका भवन भट्ट र उनको समुह वेवास्था गरी किनारा लगाउने प्रयास गर्नु, पारिवारिक सम्पन्नतालाईको माध्यामले अधिकांश प्रतिनिधिहरुलाई प्रभाव पारी सिंगो चुनाव आफ्नो श्रीमतीको पक्षमा पार्न सक्छु भन्ने घमण्डको कारणले नेपालीभाषी जगतमा समानित रहेका घले उनको अथक प्रयासले ४ वर्षमा कमाएको ख्याति आफैले समाप्त पारेको चर्चा सिंगो नेपाली समुदायमा सुनिन्छ ।

घले दम्पतिलाई साथ दिने कसैले नजित्नु र करिव दोब्बर अन्तरमा जमुनाले हार्नुलाई महिला प्रतिनिधिहरुले नै  सामान्य रुपमा लिएको पाईयो । नेपालमा जन्मिएर अस्ट्रेलियामा सफल व्यवसायी बन्न सफल घले दम्पतिको बाँकी सामाजिक जीवन अझ गतिशील बनोस, हाम्रो शुभकामना छ !

आफ्नो निष्ठा, स्वाभिमान र न्यायको लागि समर्पित विश्व भरिका प्रतिनिधीहरुको दिएको सम्मानलाई भवन भट्टले कामको माध्यामले सही सावित गरुन, नवनिर्वाचित अध्यक्ष भवन भट्ट लगाएत सम्पूर्ण विजेताहरुलाई हार्दिक शुभकामना

प्रतिक्रिया दिनुहोस्