देशको विकास र समृद्धिमा नेता र नेतृत्व दुवै महत्वपूर्ण



परिवर्तन खबर, काठमाडौँ ।
काठमाडौँ, असोज २६ । नेकपा एमाले विदेश मामिला विभागद्वारा आज बिहान देशको विकास र समृद्धिमा गैह्र आवासीय नेपालीहरुको भूमिका विषयक एक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभयो– ‘हाम्रो देशमा धेरै लामो समयसम्म राजनीतिक आन्दोलन चल्यो अब सबै मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ । त्यसमा विदेशमा बस्ने नेपालीहरुको महत्वपूर्ण भूमिका हुन्छ । विदेशमा बस्ने नेपालीहरुका लागि कसरी नेपालमा लगानी गर्ने वातावरण बनाउन सकिन्छ भन्नेमा नेपालभित्रका सबै राजनीतिक पार्टीहरु लागिरहेको र नेपालके परराष्ट्र मन्त्रालय पनि लागिरहेको छ । परराष्ट्र नीतिको मस्यौदा तयार भएको छ । त्यसले केही वातावरण बनाउन सहयोग गर्ला ।’

‘देशको विकास र समृद्धिमा नेतृत्व र नीति दुवै महत्वपूर्ण हुन्छ । नीति बनाएर मात्र हुँदैन त्यसको कार्यान्वयनमा नेतृत्वले कस्तो वातावरण बनाउँछ त्यसले नै देशलाई कायापलट गर्न सक्छ ।’ कार्यक्रममा गैह्र आवासीय नेपालीहरुका तर्फबाट बेल्दै भवन भट्टले भन्नुभयो– ‘त्यसमा सबै पार्टीहरु गम्भीर हुनुपर्छ । वातावरण बनेपछि लगानीकर्ता आफैँ आउँछन्, भन्नै पर्दैन ।’

करिब दुईघण्टा चलेको सो अन्तक्र्रिया कार्यक्रममा एमाले नेता विजय पौडेलले सञ्चालन गर्नुभएको थियो भने एमाले सचिव गोकर्ण विष्टलगायतको उपस्थिति थियो ।
थप तस्विरहरु:

प्रतिक्रिया दिनुहोस्