एनआईसी एशियाले २० प्रतिशत वोनस सेयर दिने



परिवर्तन खबर, काठमाडौँ  ।

काठमाडौँ : एनआईसी एशिया बैंक लिमिटेडको २० औ वार्षिक साधारणसभाले २० प्रतिशत वोनस सेयर पारित गरेको छ ।

बैंकले साधारणसभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् ७ करोड ४ लाख ४८हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै, बैंकको साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रसाद अग्रवाल, तुलसीराम अग्रवाल, रामचन्द्र संघाईलाई निर्वार्चित भएका छन् । त्यस्तै, सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा राजेन्द्रप्रसाद अर्याल, विनोद कुमार प्याकुरेल, आदित्यकुमार अग्रवाल सर्वसम्मतिमा सञ्चालक पदमा निर्वाचित भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिएका छन् ।

यसअघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो । साथै, साधारण सभापश्चात् बसेको नवर्निवाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्वसम्मतिले चयन गरेको छ । बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्