फुटबल नायक नेयमार हालसम्मकै महँगा खेलाडी



परिवर्तन खबर, काठमाडौँ ।

ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मका महँगा खेलाडी बनेका छन् । इतिहासमा सबभन्दा धेरै कमाउने खेलाडी हुन् । नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् । जुन यस अघिको भन्दा दोब्बर बढी हो । नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन । नेयमारले भनेका छ ‘म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु ।’

उनले भने, ‘म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु । मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु ।’ पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो ।

हप्तौंदेखिको अनुमानपछि नेयमार बुधार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए। त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको ’भविष्य रोज्न’ भन्दै अनुमति दिएका थिए । तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ । बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय यूइएफमा निवेदन दर्ता गर्ने बताएको बेलायती समाचार बीबसिीले बताउको छ ।

सहकार्य
नेयमार बार्सेलोनाबाट बाहिरिएपछि अर्जेन्टिनाका क्याप्टेन लायोनेल मेस्सी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ । बुधबार मेस्सीले इन्स्टाग्राममा लेखे, ‘यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार। तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना ।’
त्यसको जवाफमा नेयमारले लेख ‘धन्यबाद भाइ म तिमीलाई सम्झिरहनेछु ।’ विश्लेषकहरु भन्छन् यो संझौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ। बैंक लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्