दोस्रो क्रस कन्ट्री माउन्टेन बाईक प्रतियोगिता सर्यो !



परिवर्तन खबर, काठमाडौँ ।

राष्ट्रिय साइक्लिङ संघ (National Cycling Association) ले विश्व पर्यटन दिवसको अवसर पारेर धरानमा मिति २०७४ भाद्र ३१ गते तय गरेको  दोश्रो क्रस कन्ट्री माउन्टेन बाइक प्रतियोगिता सर्ने भएको छ ।

संघका अध्यक्ष जीवन राईद्वारा जारी विज्ञप्ती अनुसार सरकारले तराईमा गर्न लागेको स्थानीय तह निर्वाचनको मिति घोषणा भन्दा पहिले नै कार्यसमितिले भाद्र ३१ को मिति तोकेको थियो । सरकारले घोषणा गरेको तराई र आम निर्वाचनको आचार संहिताको कारणले हामीले २०७४ माघ १३ गते धरानमै गर्ने गरी हाललाई प्रतियोगिता सारेका छौ । यसबाट सम्पूर्ण खेलाडी, शुभचिन्तक र सहयोगीहरुलाई पर्न गएको असर प्रति हामी क्षमाप्राथी छौ, राईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट दुई विधामा गरी १६२ सहभागी निश्चित भैं सकेका थिए भने आगामी माघ १३ मा हुने प्रतियोगितामा अझ धेरै सहभागी रहने अपेक्षा अध्यक्ष राईले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्