अमेरिकी चुनाव : हिलारीले हारेपनि रविनाले जित्दै



परिवर्तन खबर, काठमाडौँ

अमेरिकी नागरिक सधै परिवर्तन पक्षमा हुँदा रहेछन् ।  राष्ट्रपतिय निर्वाचनमा सबैले गरेको अनुमान भन्दा फरक परिणाम आई हिलारी क्लिन्टनले हारिन् । राजनीतिको आधारभूत ज्ञानसम्म नभएका विवादित ब्यापारी डोनाल्ड ट्रम्पले सबैलाई चकित पार्दै हिलारी जस्तो अनुभवी राजनीतिज्ञले हार्नुपर्यो  ।

अहिले अमेरिकामा बस्ने नेपालीहरु एनआरएन अमेरिकाको चुनावमा भोटिङ गरिरहेका छन् । अघिल्लो कार्यकालमा सफलतापूर्वक उपाध्यक्षको जिम्मेवारी बहन गरेकी समाजसेवी रविना थापाले हालसम्म खसेको मतमा ८०% आफ्नो पक्षमा पारी सानदार विजयको नजिक भएको सूचना हामीलाई प्राप्त भएको छ । यसो भएमा धेरैको अनुमान भन्दा फरक नतिजा हुनेछ ।

यसैगरी प्राप्त सूचनामा उपाध्यक्षहरुमा पुरुषोत्तम बोहरा, सुमन बुढा मगर, भुवन आचार्य, उमा थापा कार्की निकै अगाडी रहनुभएको छ भने महासचिवमा महेश मल्लले अगाडि देखिएका छन् । यसैगरी सचिवमा टेक लामा, कोषाध्यक्षमा सत्येन्द्र साह र सदस्यहरुमा सञ्जय थापा, प्रिती सागर खत्री, त्रिष्णा शर्मा, विष्णु साहको विजय सुनिश्चित जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्