बिल गेट्सलाई चुनौती दिदै प्रवासी नेपाली



परिवर्तन खबर, काठमाडौँ
संस्कार र संस्कृतिले मान्छेलाई साँच्चै दानी बनाउने रहेछ भन्ने उदाहरण न्यूयोर्कमा भएको महापुराणको दानबाट बुझ्न सकिन्छ । विश्वकै धनी र दानीको रुपमा रहेका विल गेट्सकै देशको औद्योगिक शहर न्यूयोर्कमा नेपाली साँस्कृतिक भवन र दुर्गा मन्दिर निर्माणको लागि नेपालीहरुले दिल खोलेर दान गरे । कमाईको हिसाब निकाल्ने हो भने विल गेट्ले विश्वलाई कार्यक्रमको माध्यमले आफ्नो संस्था मार्फत दिएको दान भन्दा बढी नेपालीहरुले किस्ताबन्दीमा तिर्ने गरी दानको बचन दिए । जुन अतिनै प्रशंसनीय र पूजनीय त्याग हो ।

७ दिन सम्म चलेको महापुराणमा सयौं नेपाली संघसंस्था तथा व्यक्तित्वहरुले गरेको दानले १५ लाख ५० हजार ४८२.२१ अमेरिकी डलर संकलन हुने भएको छ । जसको नेपाली मूल्य १५ करोड ८३ लाख ६६ हजार २५२ रुपैया हुन आउँछ । अति धनी नेपाली भन्दा पनि दुःख गरेर कमाउने नेपालीहरुले किस्ता बन्दीमा तिर्ने गरी गरेको कबुलको कारण यति ठूलो रकम संकलन सम्भव भएको हो ।

रिजउड नेपाली समाज स्थापना कालदेखि नै विवाद रहित संस्थाको रुपमा परिचित छ । संस्थापकहरु देखि हालको नेतृत्व सम्म आउँदा संस्था कुनै किसिमको विवादमा मुछिएन । सामुहिकता र सामाजिक भावना भएका व्यक्तित्वहरुको कारणले संस्थाले आजको रुप लिन सफल बनेको छ । पहिलो र दोस्रो महापुराणमा यसका संस्थापक देखि सदस्य सम्मले अति नै मिहेनत गरी दिलदेखी दान गरेका छन् । सस्थाका सस्थापक सदस्य तथा पुर्व सचिव / कोषाध्यक्ष सहकुल खत्री यो दान पछि नेपाली सास्कृतिक भवन तथा दुर्गा मन्दिर बनी नेपालीहरुको आफ्नै पहिचान बन्ने कुरामा ढुक्क छन् । सामाजिक संजालमा जबर्जस्ति दान गराएको चर्चा चले पनि दान गर्नेहरु खुशीले दान गरेको बताउंछन् ।

व्यक्तिगत दानमा सबैभन्दा धेरै रिजउड नेपाली समाजका पूर्व अध्यक्ष श्री पराजुली एक्लैले १ करोड ३ लाख २७ हजार ४७७ रुपैया दान गरे । यसैगरी सफल व्यक्तित्व तथा समाजसेवीहरु राजेश भट्ट, सुमन शाह, मोहन ज्ञवाली, केशव सेडाई, खगेन्द्र क्षेत्रीले पनि दिल खोलेर सहयोग गरे । एन.आर.एन अमेरिकाका सबैजसो सदस्यहरुले खुलेर दान गरेका थिए भने आसन्न एन.आर.एन अमेरिकाको अध्यक्षका प्रत्यासी रविना थापा तथा महासचिवका प्रत्यासी सूर्य लम्सालले पनि उम्मेदवारी सँगै जोडेर सकेको दान गरे ।

नेपाली जनसम्पर्क समिति (NPRCA), अमेरिका

नेपाली जनसम्पर्क समिति अमेरिका संस्थागत दाता मध्ये सबै भन्दा पुरानो संस्था हो । २००७ सालमा प्रथम अधिवेशन गरेको यो संस्था २००८ मा विभाजन भैं २०१० सम्म समानान्तर समिति संचालन गरेको देखिन्छ । २०१० मा दुवै समिति विधटन गरी खगेन्द्र जिसीको संयोजकत्वमा अधिवेशन आयोजक समिति बनाए पनि काम गर्न नसकेको देखिन्छ । २०१२ मा विष्णु सुवेदीको संयोजकत्वमा अर्को तयारी समिति बनाई २०१३ को नोभेम्वरमा दोस्रो समेल्लन गर्न सफल भएको थियो ।

समिति पुरानो सस्था भए पनि संस्थागत परिचालन नहुदा सधैभरि विवादमा परेको इतिहास देखिन्छ । भूकम्पको बेला सदस्यहरुले दिएको रु. ४५ लाख ५० हजार घोटाला भैं समितिकै अध्यक्ष, सचिव, कोषाध्यक्षले विज्ञप्ती जारी गरी एकअर्कालाई दोषी देखाई सामाजिक सञ्जाल तथा संचार माध्यममा गरेको प्रचारवाजी आफैंमा लाजमर्दो थियो ।

यद्यपी भर्खर भएको महापुराणमा प्रवासी नेपाली मञ्चको भन्दा झण्डै १४ लाख बढी सहयोग घोषणा गर्नु आफैंमा अति सकारात्मक र प्रशंसनीय कार्य हो । संस्थाले कबोलेको रकम समयमै तिर्ने हो भने नेपाली समुदायको लागि यो सस्थाले गरेको सबैभन्दा ठूलो सहयोग हुनेछ । तर विगतदेखि भएको विभाजन र आर्थिक अपारदर्शिताका कारण बोलेको रकम समयमा तिर्ने कुरामा यसका सदस्यहरुनै विश्वस्त छैनन् । हाम्रो शुभकामना छ, यसका सदस्यहरुले गरेको शंका सत्य सावित नहोस् ।

प्रतिक्रिया दिनुहोस्