सिमरा गोल्डकप : थ्री स्टार च्याम्पियन



१३ माघ २०७५, काठमाडौं

थ्रीस्टार क्लबले बारामा सम्पन्न दशौँ संस्करणको रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि चुम्न सफल भएको छ ।

सिमरा रंगशालामा भएको उपाधि भिडन्तमा आर्मीलाई सडनडेथमा पराजित गर्दै थ्री स्टारले पहिलो पटक उपाधि उचालेको हो । सडनडेथमा आर्मीका सुमन अर्याल पेनाल्टीमा चुक्दा थ्री स्टारले मोफसलको उपाधि उचाल्यो ।

थ्री स्टारको उपाधि यात्रामा गोलकिपर एलन न्यौपाने नायक बने । उनले फाईनलमा ३ पेनाल्टी रोक्न सफल भए । उपाधिसंगै थ्री स्टारले ६ लाख रुपैयाा प्राप्त गरेको छ । उपविजेता आर्मीले ३ लाख रुपैयाँमा चित्त बुझायो ।

 

प्रतिक्रिया दिनुहोस्