सडक दुर्व्यवहार र हिंसा सम्वन्धी कलेज कार्यशाला सम्पन्न



२०७४ चैत्र २८, काठमाण्डौ

सडक तथा सार्वजानिक स्थलमा महिलाहरु स्वतन्त्र पूर्वक  हिँडडुल गर्न नपाएको युवा विद्यार्थीहरुले वताएका छन । युथ एड्भोकेसी नेपालले एक्सन एड नेपालसँगको सहकार्यमा एभरेष्ट कलेज र मेघा कलेजमा आयोजना गरेको “सडकमा महिला विरुद्ध हुने दुर्व्यवहार हिंसा रोक्नमा युवाको भुमिका” विषयका कार्यशालामा उक्त कुरा वताएका हुन ।

एभरेष्ट कलेजमा आयोजना भएको कार्यक्रममा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडा र युवा अधिकारकर्मी कृष्ण थापाले कलेजमा अध्ययनरत युवा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा प्रत्येक १० जना महिला मध्ये ९ जना महिला प्रत्येक दिन सार्वजानिक स्थलमा दुर्व्यवहार र यौनिक हिंसाको सिकार हुने खतिवडाले वताए । सार्वजानिक स्थलहरु (वाटो, पार्क, विद्यालय, सवारीसाधन)मा लिङ्गका आधारमा दुर्व्यवहार र यौनिक हिंसा भए पनि राज्यले यसलाई चासोको साथ नहेरेको खतिवडाको जिकिर थियो । एक अर्को प्रसङ्गमा महिला र पुरुष विचमा शक्ति सम्वन्ध असमान हुनु, स्रोत र साधनको वितरण न्यायपुर्ण नहुनु, जनचेतनाको कमी हुनु र प्रयाप्त कानुन नहुनु तथा भएका कानुनको प्रभावकारी कार्यन्वयन नहनु नै सडक दुर्व्यवहार र हिंसाको कारण भएको खतिवडाको भनाई थियो ।

उक्त कार्यक्रममा आफु परिवर्तन हुनु पर्ने र समाज परिवर्तनका लागि भुमिका खेल्नु पर्ने अधिकारकर्मी कृष्ण थापाको भनाई थियो । एक अर्को प्रसङ्गमा सडक दुर्व्यवहार र हिंसा रोक्न अध्यनरत युवा विद्यार्थीहरु परिवर्तनको संवाहक हुन सक्ने वताए ।

मेघा कलेजमा आयोजना भएको कार्यक्रममा सडक हिंसा र दुर्व्यवहार नियन्त्रण गर्नका लागि महिला युवाहरुको क्षमता वढाउनु पर्नेमा अधिकारकर्मी सुजाता कार्कीको भनाई थियो । दुवै स्थानमा आयोजना गरिएका कार्यक्रममा युवा विधार्थीहरुले आफुले सार्वजनिक स्थलमा भोगेको अनुभवहरु साटासाट गर्नुका साथै यो मुद्धालाई राज्यले तुरुन्त सम्वोधन गर्नु पर्ने माग राखेका थिए ।

तालिममा आफ्नो प्रस्तुति राख्दै सुजाता कार्की

सन २०११ देखि अप्रिल महिनामा सप्ताहव्यापी सडक दुर्व्यवहार विरुद्धको अभियान विश्वभरी  संचालन गरिन्छ । युथ एड्भोकेसी नेपालले सन २०१४ देखि एक्सन एड नेपाल लगायत विभिन्न संघ संस्थासँगको सहकार्यमा सडक दुर्व्यवहार र हिंसा विरुद्धको अभियान संचालन गर्दै आएको छ ।

मुख्यतया यो अप्रिल महिनामा भिडियोको माध्यमवाट सडक दुर्व्यवहार र हिंसा सम्वन्धी कथाहरु संप्रेषण गर्ने, फोटो एक्सन, सडक दुर्व्यवहार र हिंसा अन्त्यमा युवाको भुमिका विषयक संवाद, कलेज कार्यशाला, हिंसा र दुर्व्यवहार विरुद्ध युवा प्रदशनी जस्ता कार्यक्रमहरु आयोजना भईरहेको आयोजक संस्थाका अध्यक्ष नरेन खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्