परिवार र समाजका लागि १४ वर्षमै विवाह : छोरा जन्माउनुपर्ने दबाब, चौथौँ सन्तान जन्माउँदा मृत्यु
५ कक्षा पढ्दै थिइन्। उमेर १४ वर्ष मात्र पुगेको थियो। हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीकी सरस्वती दमाईले आफ्नै गाउँका १६ वर्षीय दलजित परियारसँग बिहे गरिन्। विवाह भएको एक वर्षपछि आमा बनिन्।