के हो प्रीमेन्स्ट्रुअल सिन्ड्रोम ? सिन्ड्रोम हुने कारण र लक्षणहरु



काठमाडौं । महिलाहरुमा महिनावारी हुनु भन्दा केही दिन अगाडी हुने मुड स्विङ, थकान, चिडचिडापन, खानेकुरा खाई रहन मन लाग्ने र स्तन दुख्ने जस्ता समस्याहरूलाई प्रीमेन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ।

अनुसन्धानहरुका अनुसार हरेक चार महिलाहरू मध्य तिन जना महिलाहरुले यस्तो समस्याको अनुभव गर्छन्। प्रीमेन्स्ट्रुअल सिन्ड्रोममा शारीरिक र भावनात्मक परिवर्तनहरू देखिन्छन्।

भावनात्मक र व्यवहारिक लक्षण :
–मूड स्विङ र चिडचिडापन
–तनाव वा चिन्ता
–उदास मूड
–भोक लागिरहने वा के खाम के खाम भईरहने
–निदाउन समस्या
–एक्लै हुन मन पराउने
–एकाग्र हुन नसक्ने

शारीरिक लक्षणहरूः
–जोर्नी वा मांसपेशी दुखाइ
–टाउको दुख्ने
–थकान
–तौल वृद्धि
–पेट फुल्ने
–स्तन दुख्ने
–अनुहारमा डन्डीफोर आउने
–कब्जियत वा पखाला

महिनावारी सुरु हुन भन्दा ४र५ दिन अघिबाट देखिने यी लक्षणहरू महिनावारी सुरु भएको चार दिनभित्र गायब हुन्छन्। यी लक्षणहरूले कसैकसैको दैनिक जीवनलाई असर गर्न सक्छ। यदी यस्तो लक्षणहरूले तपाईंको स्वास्थ्य र दैनिक गतिविधिहरूलाई असर गरिरहेको छ भने एकपटक डाक्टरलाई देखाउनु पर्छ।

सिन्ड्रोम हुने कारणहरूः
प्रीमेन्स्ट्रुअल सिन्ड्रोम ठ्याक्कै के कारणले गर्दा हुन्छ भन्ने पत्ता लागेको छैन। तर हर्मोनमा हुने चक्रीय परिवर्तनको कारण, मस्तिष्कमा हुने रासायनिक परिवर्तनहरू र डिप्रेसनको कारणले प्रीमेन्स्ट्रुअल सिन्ड्रोम हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्