विदेशबाट फर्केका युवाहरुको सञ्जालद्वारा डा. द्वारिका उप्रेतीलाई बधाई तथा शुभकामना ज्ञापन



काठमाडौं । राष्ट्रिय युवा परिषद्द्वारा गठित वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सञ्जालले नवनियुक्त बैदेशिक रोजगार बोर्ड सचिवालयका निर्देशक डा. द्वारिका उप्रेतीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

सञ्जालका अध्यक्ष सुवास ढकालको नेतृत्वमा बोर्डको सचिवालय पुगेको टोलीले निर्देशक उप्रेतीलाई विदेशबाट फर्किएका युवाहरुको पुनर एकीकरण र रोजगार प्रवर्द्र्धनको क्षेत्रमा महत्वपूर्ण नीति, योजना र कार्यक्रमको अपेक्षा राख्दै शुभकामना व्यक्त गरेका छन् ।

नवनियुक्त निर्देशकले आफ्नो व्यस्तताको बाबजुत पनि दिएको छोटो भेटमा अध्यक्ष ढकालले सञ्जालको तर्फबाट वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको अवस्था, बोर्डले रिटर्नीहरुलाई यसै वर्ष ५० वटा पालिकामा सुरु गर्न लागेको पुनर एकीकरण कार्यक्रम मार्फत रिटर्नी युवाहरुकोे सीप, ज्ञान र क्षमतालाई सदुपयोग गर्न सक्नुपर्ने बताए । त्यस्तै उनले पुनर एकीकरण कार्यक्रम कार्यान्वयनका लागि संघ र स्थानीय तहमा बन्ने समितिमा रिटर्नीहरुको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने जानकारी गराए ।

बैदेशिक रोजगार बोर्ड सचिवालयका निर्देशक डा. द्वारिका उप्रेतीले रिटर्नीहरुको सुझावलाई बुँदागत रुपमा टिपोट गरी आगमी दिनमा त्यसलाई कार्यान्वयनमा समेत लगिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्