यसपाली दशैंमा संगीतमय हुँदै मेलबर्न



मेलबर्न । यसपाली अस्ट्रेलियावासी नेपालीहरुको दशैं संगीतमय हुने भएको छ ।

नेपाली पप संगीतका बहु-चर्चित गायकद्वय नवीन के. भट्टराई, सुगम पोखरेलसँगै नेपाल आईडल ४ का प्रतियोगी आदेश पौडेलले यस बर्षको दशैंमा अस्ट्रेलियाका विभिन्न शहरहरुमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएका छन् ।

गायक नवीन के. भट्टराईले बर्षाैपछि आफूले अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिन लागेकोमा उत्साहित हुँदै खुशी व्यक्त गरेका छन्। साथै सुगमले पनि अष्ट्रेलियामा नेपालीहरुको महान पर्व दशैं यसपाली संगीतमय हुने आशा ब्यक्त गरे । कार्यक्रममा उनले आफ्ना नयाँ तथा पुराना गीत प्रस्तुत गर्ने जानकारी गराए । आदेशले पनि आफ्नो पहिलो सांगीतिक यात्रा दाईहरुसँगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको बताए ।

सेप्टेम्बर २३ देखि अष्ट्रेलियाको विभिन्न शहरहरुमा आयोजना हुने कार्यक्रम असोज १७ गते अर्थात अक्टोबर ३ (महाअष्टमी) का दिन मेलबर्नको म्याक्स वाट्स (हाउस अफ म्यूजिक)को हलमा बेलकी ८ः३० देखि सुरु हुने कार्यक्रमका आयोजक सुजन खरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्