म्याग्दीमा ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु



सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध १ त ४४५ नंको ट्रयाक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्रयाक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्र्याक्टरले च्यापिएको शव निकालेका थिए ।

दुर्घटना भएको ट्रयाक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्रयाक्टर मिलनचोकबाट हराएको थियो । ट्रयाक्टरमा तीनजना सवार थिए । सकुशल दुई जनाले आफूहरुले ट्रयाक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्