बाल उद्दार मा.वि. मा अभिभावक-शिक्षक संघ गठन



नेपाल सरकारद्वारा नमूना विधालयमा छनोट हुन सफल बूढानीलकण्ठ–१० कपन स्थित बालउद्धार मा.वि. धेरै वर्षपछि अभिभावक–शिक्षक संघ गठन गरेको छ ।

विधालय व्यवस्थापन समितिसङ्ग हातेमालो गरेर अगाडि बढ्ने संघले विधालयमा शैक्षिक गुणस्तर अनुगमन, मापन र अभिवृद्धि तथा सामाजिक परीक्षण जस्ता कार्य गर्ने जिम्मेवारी बहन गर्नुपर्ने छ ।

सङ्घिय सरकारको शिक्षा नियमावली र बूढानीलकण्ठ नगरपालिकाको कार्यविधि बमोजिम ९ सदस्यीय संघको विवरण यसप्रकार रहेको छ ।

संरक्षकः वि.व्य.स. अध्यक्ष ध्रुव प्रसाद घिमिरे
पदाधिकारीहरु :
१.विमला वराल–अध्यक्ष
२.हिमा भट्टराई– सदस्य
३.सरिता सापकोटा– सदस्य
४.कर्ण बहादुर एडी– सदस्य
५.पुष्पादेवी भण्डारी–सदस्य
६.श्यामवावु ठाकुर–सदस्य
७.इन्दिरा रिमाल–सदस्य
८.विनोद पण्डित –सदस्य प्रधानाध्यापक
९.शिक्षक रमलादेवी शर्मा–सदस्य सचिव

प्रतिक्रिया दिनुहोस्