कालिकोटमा मिनि ट्रक दुर्घटना, एक जनाको मृत्यु



कालिकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मिनी ट्रकमा सवार नरहरीनाथ–१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

निर्माणधिन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनी ट्रक दुर्घटना भएको स्थानीय जमानसिंह विष्टले बताए । मिनी ट्रकका चालक र सहचालक सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्