‘मिस वर्ल्ड’ मा सहभागी हुन अमेरिका उडिन् ‘मिस नेपाल’ नम्रता श्रेष्ठ



‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न मिस नेपाल नम्रता श्रेष्ठ शनिबार साँझ अमेरिका प्रस्थान गरेकी छिन्। मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार लगायतले उनलाई त्रिभुवन विमानस्थल बिदाई गरेका थिए ।

‘मिस वर्ल्ड’ १६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुँदैछ । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता फेरि सुरु भएको हो ।

त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक ‘मिस वर्ल्ड’ को ताज नेपाल ल्याउने आफ्नो लक्ष्य रहेको बताइन् । ताजका लागि भोटिङदेखि हरेक पाइलामा सबैको साथको अपेक्षा आफुले गरेको उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्