रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु



रोल्पा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ ।

निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा सुरु गर्नुभएका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरुभएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए । डा बोगटीले भने “दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकामा म खुशी छु । ”

प्रतिक्रिया दिनुहोस्