कक्षा १२ को परीक्षामा सहभागी हुँदै करिश्माले भनिन्– ‘डरले रातभर सुत्न सकिन’



हिजोबाट कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको छ । यसैबिच नेपाली सिने जगतकी सदावहार नायिका करिश्मा मानन्धर पनि कक्षा १२ को परीक्षा दिन पुगेकी छिन् ।

कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् । उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् । परीक्षा केन्द्र पनि उनको त्यही परेको छ । अहिलेको समय परीक्षा हुँदा केही अप्ठ्यारो महसुस भइरहेको उनले बताएकी छन् । अभिनय, ब्यवसाय बिभिन्न कामले धेरै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न सकेकी छैनन् ।

साथै करिश्माले केही दिनदेखि मात्र आफू परीक्षाको तयारी गरिरहेको हुनाले केही डर लागेको बताइन् । ‘यो पटकको परीक्षामा धेरैे तयारी गर्न सकेको छैन’ करिश्माले भनिन् ‘सहि तरिकाले तयारी गर्ने हो भने थोरै समय पनि लाभदायक हुँदो रहेछ ।’ हिजोसम्म सुटिङमा रहेकी करिश्माले परीक्षाको कारण बुधबारबाट ८ असोजसम्मका लागि सबै काम स्थगित गरेकी छन् ।

कलेज परीक्षामा केही राम्रो रिजल्ट ल्याउनुपर्ने प्रेसर समेत उनलाई रहेको छ । सोही कारणले पनि आफु रातभर पटक पटक ब्यूँतिएर सुत्न नसकेको करिश्माले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्