दुर्घटनामा सहचालकको मृत्यु



सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

उत्तर–दक्षिण कोशी राजमार्गमा को १ क ४१२ नंको भ्याकलोडर दुर्घटना हुदाँ खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गको मकालु–३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्शनको भ्याकलोडर दुर्घटना भएको हो । चालक घर बिदामा बसेकाले सहचालक विकले भ्याकलोटर चलाएका थिए ।

सडकबाट अन्दाजी १०० मिटर तल भ्याकलोडर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहचालक विक यसअघि ट्र्याकटर चालक थिए । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।

प्रतिक्रिया दिनुहोस्