‘म बलात्कृत होइन, बरु चरित्र हत्या गरेर पीडित बनाईयो’ : मिमसरा महतारा



काठमाडौं । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री द्वारा बलात्कृत भनिएकी महिलाले आफु बलात्कृत नभएको बताएकि छन्।

कालिकोट शुभकालिका गाउँपालिका ८ कि महिला मिमसरा महताराले आज सुर्खेतमा पत्रकार सम्मेलन गरी आफूमाथि कुनै बलात्कार नभएको, बरु विभिन्न ढंगबाट बलात्कृत बनाएर पीडा दिईएको प्रतिक्रिया दिएकि हुन्। “मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाईएको छ, यो सरासर गलत छ।

मेरो व्यक्तिगत जीवनमा कसैले चरित्र हत्या गर्न खोज्छ भने म उसैको नाममा चिठी लेखेर मर्छु र सोही मिडिया जवाफदेही हुनेछ भनेर समाचार आउने बित्तिकै लेखिसकेको थिए,” उनले भनिन्।

म पीडित भएको मलाई नै थाहा छैन । विना कारण मलाई आज नखाएको विष लागेको छ । न म अन्याय छु नत म बलात्कृत महिला हो । रुदै भनिन् ।

ममाथिको बलात्कारको विषय थियो भने मलाई किन सोधिएन र एक कल फोन किन गरिएन ? अनुमति विना अर्काको समाचार लेख्न पाईन्छ र ? मेरो फेक भिडियो बनाएर मेरो चरित्र हत्या गरिएको छ, पत्रकार र सामाजिक सञ्जालले जबरजस्ती बलात्कृत बनाउँदै छन् ।”

हामी बुढाबुढी सुर्खेत कोठामै रहँदा रहँदै हामीलाई थाहा नदिई अन्याय परेको बनाएर आईतबार युवा संघ, अनेरास्ववियुका विद्यार्थीले गरेको आन्दोलनप्रति आपत्ति जनाउँदै आफ्नो ईज्जतलाई साधन बनाएर राजनीति स्वार्थ पुरा गर्न खोजिएको उनले आरोप लगाईन् ।

यही कारणले आफ्नो जीवन केही भए त्यसमा स्वयं मिडिया र नारा जुलुसको नेतृत्व गर्ने व्यक्ति जवाफदेही हुनुपर्ने उनले चेतावनी दिईन ।

उनका पति आयुष सेजुवालले आफ्नो श्रीमतीलाई गोटी बनाएर केही पार्टीका नेताले रिस साँध्न र राजनीतिक लाभ लिन खोजिएको आरोप लगाए ।

“यस विषयमा कसैलाई समाचार लेख्न भनेर गुहारेको छैन। हामीले (मेरो श्रीमतीले) मलाई बलात्कार भएको छैन भन्दा अरुलाई किन टाउको दुख्यो ?” सेजुवालले भने, “मेरो श्रीमतीसँग कृषिमन्त्रीको अनैतिक सम्बन्ध भनेर जुन भिडियो बनाईएको छ, त्यो फेक हो, फर्जी हो । विश्वास नलागे त्यसलाई राम्रोसँग जाँच्दा हुन्छ यसलाई राजनीति हतियार वनाउनु हुदैन।

सेजुवमलले मन्त्री र आफ्नो श्रीमतीबीच बाबु छोरीको सम्बन्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्