कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मालपोत सेवा बन्द



स्याङजा मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कार्यालयमा रहेका १२ कर्मचारीमा एन्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रविन अधिकारीले बताए ।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएपछि स्थानीय प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्