खाँदबारीबाट अफिमसहित एक बृद्ध पक्राउ



सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाइँलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए । प्रहरी टोलीले चापागाइँको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्