मकवानपुरमा सुमो दुर्घटना, चालकको मृत्यु



काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको ना १ ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनककुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्